पूर्णबहादुर खड्काको सुझाव- गल्ती स्वीकारौँ, निराशा नबाँडौँ « Khabarhub

पूर्णबहादुर खड्काको सुझाव- गल्ती स्वीकारौँ, निराशा नबाँडौँ


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दल र नेताहरूले आफ्ना कमी–कमजोरीहरूलाई खुलेर स्वीकार्दै जनतामा आशा र विश्वास जगाउनुपर्ने बेला आएको बताएका छन् । 

मानव अधिकार तथा शान्ति समाजको काठमाडौं शाखाको शनिबार आयोजित साधारण सभालाई सम्बोधन गर्दै उनले दलहरूभित्र आत्म समीक्षाको गहिरो आवश्यकता रहेको औँल्याए । 

‘हामीले गरेका गल्तीहरू छन्, त्यसलाई स्वीकार्नु पर्छ, तर गल्ती दोहोर्‍याउनु हुँदैन,’ उपसभापति खड्काले भने, ‘अब हामीले एक–अर्कालाई दोषारोपण गरेर होइन, जनताको असन्तुष्टिलाई चिनेर समाधान दिने बेला आएको छ ।’ 

खड्काले जनतामा निराशा नभई राजनीतिक दलहरूप्रति आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई सम्बोधन गर्नु नै अहिलेको मुख्य चुनौती भएको प्रस्ट्याए । 

उपसभापति खड्काले हालै चर्चामा रहेका केही महत्त्वपूर्ण विधेयकहरूबारे पनि आफ्नो धारणा राखे । उनले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ र भूमिसम्बन्धी विधेयकलगायतका विषयहरूमा दलहरूबीच गम्भीर छलफल र सहमति आवश्यक रहेकोमा जोड दिए । 

‘भूमि विधेयकबारे केही भ्रम छरिएको छ,’ खड्काले भने, ‘यो विधेयकले वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा नभएका अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ । नयाँ वन फडानी गर्ने होइन ।’

भ्रष्टाचार र कुशासन देशको विकास र उन्नतिका बाधक भएको बताउँदै खड्काले यसको अन्त्यका लागि सबै दल एक ठाउँमा उभिन आह्वान गरे । ‘देशको विकास र उन्नतिका लागि बाधक भनेको भ्रष्टाचार, अनियमितता र कुशासन हो,’ उनले भने, ‘यसलाई अन्त्य गर्न हामी सबै एकजुट हुनै पर्छ ।’

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ०२ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै