पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते « Khabarhub

पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लिमा– पेरुको मध्य क्षेत्र जुनिनमा एक  बस दुर्घटनामा कम्तीमा १८ जनाले ज्यान गुमाएका छन् भने अन्य २४ जना घाइते भएको स्थानीय सञ्चार माध्यम ला रिपब्लिकाले जानकारी दिएको छ ।

एक्सप्रेसो मोलीना लिडर इन्टरनेशनल नामक यातायात कम्पनीको दुई तल्ले बस तार्मा प्रान्तको ताल्का जिल्लाको नजिकैको केन्द्रीय राजमार्गबाट खसेपछि उक्त दुर्घटना भएको बताइएको छ ।

घटनापछि उद्धारका लागि राष्ट्रिय प्रहरी, दमकलकर्मी तथा स्वास्थ्यकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए । केही यात्रु बसको संरचनामा च्यापिएका थिए, जसलाई सावधानीपूर्वक उद्धार गरी फेलिक्स मायोर्का अस्पताल तार्मा लगिएको छ ।

प्रहरी प्रशासनले घटनास्थल सुरक्षित गर्दै उद्धार कार्य सहज रूपमा सम्पन्न गर्न आवश्यक सहयोग पुर्‍याएको थियो । दुर्घटनाको कारणबारे हाल अनुसन्धान जारी रहेको जनाइएको छ । प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । रासस

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ३३ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली