म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ « Khabarhub

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित घराम्दी खानेपानी योजनामार्फत औलाका ११५ घरपरिवारका करिब ७०० जनसङ्ख्या लाभान्वित भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले गण्डकी प्रदेश सरकारको ८३ लाख चार हजार ५६९ अनुदान र उपभोक्ताको १० लाख २२ हजार ६२१ को लागतमा योजना निर्माण भएको जानकारी दिए । एक करोड २९ लाख ३२ हजार ६२१ रुपैयाँ लागत अनुमान गरिएको योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्दा कम खर्चमा सम्पन्न भएको उनले बताए ।

रिमा गाउँको फेदीमा रहेको कोलालीवाङ मुहानदेखि तीन किलोमिटर ५०० मिटर लामो पाइपलाइनबाट ल्याएको पानी ३५, २० र १० घनमिटर क्षमताको तीन वटा टङ्कीबाट वितरणको व्यवस्था मिलाइएको छ ।

सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको छ । यहाँका बासिन्दाले यसअघि सार्वजनिक धाराबाट पानी उपभोग गर्दथे । सार्वजनिक धाराबाट पानी ओसार्दा हुने समय बचत र झञ्झट हटेको छ । पानीका लागि पालो पर्खनुपर्ने समस्या अन्य भएको छ ।

पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान र दिगो सञ्चालन गर्न न्यूनतम शूल्क निर्धारण गरिएको उपभोक्ता समितिका अध्यक्ष फगामीले बताए ।

आर्थिक वर्ष २०७९–०८० मा सुरु भएको योजना चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । शाखा पाइपलाइन खन्ने र पुर्ने काम उपभोक्ताले श्रमदानमार्फत गरेका छन् ।

६ सयभन्दा बढी घरपरिवारको बसोबास रहेको साविक हिस्तान गाविसको औलासहित सबै बस्तीमा एक घर एक धारा खानेपानी सुविधा पुगेको वडाध्यक्ष मइलन पुर्जा पुनले बताए ।

सङ्घीय व्यवस्था सुरु हुनुअघि २०७३ सालदेखि निर्माण थालिएको घराम्दी खानेपानी योजनाले यसपाली पूर्णता पाएको हो । योजनामार्फत यसअघि घराम्दी, टिकोट, रिमा टोलमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको थियो । (रासस)

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ४० बजे

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२