रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण « Khabarhub

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा रोपण गरेको छ । मानवताको सेवामा समर्पित रोटरीले वातावरण संरक्षणलाई विशेष महत्त्व दिँदै शनिबार एकै दिन ५० हजार वटा बिरुवा रोपेको रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’का एसिस्टेन्ट गभर्नर विनोद चापागाईंले जानकारी दिए । 

नेपालमा रोटरी इन्टरनेसनलका १६० भन्दा बढी क्लब छन् । भुटानमा एउटा क्लब रहेको छ । नेपाल र भुटानमा रहेका सबै क्लब रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ अन्तर्गत रहन्छन् ।

वातावरण संरक्षण गरेर भावी पुस्तालाई साझा बासस्थानका रूपमा रहेको स्वच्छ पृथ्वी हस्तान्तरण गर्नु अहिलेको पुस्ताको कर्तव्य भएको बताउँदै रोटरी क्लब अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले मेचीनगर क्षेत्रमा फूल प्रजातिका ३०० भन्दा बढी बिरुवा आज रोपिएको जानकारी दिइन् ।

झापामा रहेका आठ वटा क्लबले आजै तीन हजारभन्दा बढी बिरुवा रोपेको रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’का पूर्वएसिसेन्ट गभर्नर एवं रोटरी क्लब अफ सुरुङ्गाका पूर्वध्यक्ष कुमारमणि पोखरेलले बताए ।

‘जलवायु परिवर्तनका कारण विश्वमा हिमाल पग्लिएर ठूलाठूला बाढी आउनेदेखि समुन्द्रमा पानीको सतह बढेर किनारका सहर डुब्नेजस्ता सङ्कट विश्वव्यापी रूपमा देखा परिरहेका छन्’, पोखरेलले भने, ‘तापक्रम कम गर्ने उपाय भनेकै वृक्षारोपण हो । कार्बन उत्सर्जन न्यूनीकरण गर्न पनि रुखहरूको भूमिका हुन्छ । त्यही कारण रोटरी इन्टरनेसनलले वृक्षारोपण अभियान सञ्चालन गरेको हो ।’

रोटरी क्लब अफ मेचीनगरले मेचीनगर–१० स्थित पर्यटकीयस्थल निन्दा करिडरमा फूल प्रजातिका बिरुवा रोपेको छ । रातो सिरिस, ज्याकरान्डालगायत ५० वटा बिरुवा घेराबेरासहित रोपिएको र अन्य खाली स्थानमा २५० भन्दा बढी बिरुवा रोपिएको क्लबकी अध्यक्ष पाठकले जानकारी दिइन् ।
 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ५७ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक