कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै « Khabarhub

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो दिन शनिबार पनि जारी छ । तीन दिनदेखि जारी तनावका क्रममा हालसम्म ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

थाइल्याण्डले आफ्नो तर्फ हालसम्म १९ जनाको ज्यान गएको जनाएको छ । कम्बोडियाले भने हिंसाका क्रममा आफ्नो तर्फ १३ जनाले ज्यान गुमाएको जनाएको छ ।

द्वन्द्वका क्रममा हालसम्म दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस क्रममा १ लाख ३० हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

तनावका क्रममा नयाँ सैन्य मोर्चा खुलेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि उत्तरी कम्बोडिया एवम् पूर्वी थाइल्याण्डको सीमा क्षेत्रमा कायम रहेको द्वन्द्व अहिले तटीय क्षेत्रसम्म विस्तार भएको जनाइएको छ ।

थाई नौसेनाले कम्बोडियासँग सीमा जोडिएको ट्राट प्रान्तमा नयाँ मोर्चा खुलेको जनाएको छ । यो क्षेत्र यसअघि द्वन्द्व भएको स्थानभन्दा १ सय किलोमिटरभन्दा टाढा छ ।

गत मे महिनामा एक जना कम्बोडियाली सैनिकको ज्यान जानेगरी सीमा क्षेत्रमा हिंसा भएपछि पछिल्लो द्वन्द्व चर्केको हो ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १ : ०४ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै