कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै « Khabarhub

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो दिन शनिबार पनि जारी छ । तीन दिनदेखि जारी तनावका क्रममा हालसम्म ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

थाइल्याण्डले आफ्नो तर्फ हालसम्म १९ जनाको ज्यान गएको जनाएको छ । कम्बोडियाले भने हिंसाका क्रममा आफ्नो तर्फ १३ जनाले ज्यान गुमाएको जनाएको छ ।

द्वन्द्वका क्रममा हालसम्म दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस क्रममा १ लाख ३० हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

तनावका क्रममा नयाँ सैन्य मोर्चा खुलेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि उत्तरी कम्बोडिया एवम् पूर्वी थाइल्याण्डको सीमा क्षेत्रमा कायम रहेको द्वन्द्व अहिले तटीय क्षेत्रसम्म विस्तार भएको जनाइएको छ ।

थाई नौसेनाले कम्बोडियासँग सीमा जोडिएको ट्राट प्रान्तमा नयाँ मोर्चा खुलेको जनाएको छ । यो क्षेत्र यसअघि द्वन्द्व भएको स्थानभन्दा १ सय किलोमिटरभन्दा टाढा छ ।

गत मे महिनामा एक जना कम्बोडियाली सैनिकको ज्यान जानेगरी सीमा क्षेत्रमा हिंसा भएपछि पछिल्लो द्वन्द्व चर्केको हो ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १ : ०४ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि