गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा « Khabarhub

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकायले शुक्रबार जनाएको छ । उक्त निकायले गाजाको अवस्था ‘अझै डरलाग्दो र चिन्ताजनक स्तरको’ भएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्लुएफपीले यसअघि नै गाजामा भोकमरीको गम्भीर खतरा रहेको उल्लेख गरिसकेको थियो । इजरायलको कारबाहीको विश्वभर तीव्र आलोचना भइरहेका बेला गाजामा अत्यावश्यक राहत सामग्री पुग्न नपाउँदा अवस्था भयावह भएको हो ।

डब्लुएफपीको विज्ञप्तिमा भनिएको छ, “तीन जनामध्ये झन्डै एक जना मानिसले धेरै दिनदेखि केही पनि खान पाएका छैनन् । कुपोषण तीव्र रूपमा बढिरहेको छ, जसअनुसार झन्डै ९० हजार महिला र बालबालिका तुरुन्तै उपचारको खाँचोमा छन् ।”

संस्थाले अझ भन्यो,“यो वर्षको मेदेखि सेप्टेम्बरसम्म करिब चार लाख ७० हजार मानिस चरम भोकमरीको अवस्थामा पुग्ने अनुमान गरिएको छ, जुन खाद्य सुरक्षाको सबैभन्दा डरलाग्दो स्तर हो।”

“अत्यधिक महङ्गो भएका कारण बजारबाट खानपिन खरिद गर्न सकिने अवस्था छैन । मानिसहरूले राहतबाट प्राप्त हुने खानेकुरामा मात्र भर पर्नुपर्ने अवस्था छ,” डब्लुएफपीले उल्लेख गरेको छ ।

“मानवीय सहायता अभावकै कारण मानिसहरू ज्यान गुमाइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

इजरायलले गएको मार्च महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा रोक लगाएको छ, जसका कारण बालबालिकामा कुपोषणको अवस्था झनै गम्भीर बन्दै गएको विभिन्न राहत संस्थाहरूले चेतावनी दिइरहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १ : ५९ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित