कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी « Khabarhub

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ‘ड्रागन फ्रुट’खेती गरेर वार्षिक आठ लाख सम्म आम्दानी लिने गरेकी छन् । 

तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरेकी छन् । उनले बारीमा ४२४ वटा बोट रोपेकी छन् । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो । 

‘युट्युब’बाट हेरेर प्रभावित भई उनले कौसीमा ड्रागन फल खेती सुरुआत गरेकी थिइन् । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा दुई हजार एक सय रुपैयाँमा पनौतीबाट ल्याएर लगाएकी थिइन् । कौसीमा खेती सुरु गर्दा २५ हजार लगानी लागेको उनले बताइन्। उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आइन् । 

‘मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मकहाँ धेरै जना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब दुई लाख रुपैयाँको त बिरुवा नै बेचेँ’, जिसीले भनिन् । 

गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेकी छन् । असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिसकेकी छन् । 

बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ । स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उनले बिक्री गर्दै आएकी छन् । 

पानी ट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ । रासस

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  २ : ०६ बजे

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टी संयोजक पुष्पकमल

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही