स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ « Khabarhub

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान–३ अस्पताल चोकदेखि शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  २ : ३३ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान