फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ७ जना अझै बेपत्ता « Khabarhub

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ७ जना अझै बेपत्ता


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्समा गत साता यता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ ।

तीमध्ये १३ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अन्यको पहिचान प्रक्रिया जारी छ । यस्तै, सात जना अझै हराइरहेका छन्, जसमा केही आकस्मिक बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशंका गरिएको छ । घटनाहरूमा परी १० जना घाइते भएका छन् ।

उक्त प्राकृतिक प्रकोपले करिब १४ लाख ६० हजार परिवार प्रभावित भएका छन्, जसमा करिब ५३ लाख मानिस समावेश छन् । नागरिक सुरक्षा कार्यालयका अनुसार देशभरका ८८ शहर तथा नगरपालिकाले विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले प्रकोपको अवस्था घोषणा गरिसकेका छन् ।

हाल टाइफुन विपा, फ्रान्सिस्को र को–मे नामक आँधीहरू देशको भूभागबाट बाहिरिइसकेका छन् । तर, मौसम विज्ञान विभागले लुजोन टापुको केही भागमा अझै केही दिन भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । फिलिपिन्समा प्रत्येक वर्ष झन्डै २० वटा आँधीबेहरी आउने गर्छन्, जसले व्यापक जनधनको क्षति पुर्‍याउने गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ३ : २० बजे

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्