क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

रविनले क्यानडा पठाइदिन्छु भन्दै दुई जनाबाट ६५ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको जनाएको छ ।

आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आरोपितलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ०९ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण