सिरहामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ « Khabarhub

सिरहामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लाको नवराजपुर गाउँपालिका-४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए । 

शनिबार दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बिआर ३२ एम ७३३८ नं को मोटरसाइकललाई जाँचका लागि रोकेको समयमा चालकले मोटरसाइकल नरोकी भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारपछि मोटरसाइकल नियन्त्रणमा लिई चालक पासवानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए । 

पक्राउ परेका पासवानको साथबाट प्रहरीले ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : ०४ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं