दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव « Khabarhub

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक महत्त्वपूर्ण पर्व हो। भाद्र शुक्ल तृतीया तिथिमा मनाइने यस पर्वमा भगवानको शिवको पूजा गर्दै निराहार (अन्न र जल नखाई) व्रत बस्ने चलन रहेको छ।

यो कठिन व्रतले अटल सौभाग्यको मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, अविवाहिताले राम्रो वरबधु पाउँछन् भन्ने शास्त्रीय मान्यता रहेको छ। तर स्वास्थ्यकर्मी तथा पोषणविद् भने दिनभर केही नखाई गरिने व्रतले स्वास्थ्यमा क्षणिक र दीर्घकालीन असर गर्ने बताउँछन्।

पेट रोग विशेषज्ञ डा. शेखर पौडेलका अनुसार हामीले खाए पनि नखाए पनि हाम्रो शरीरमा एसिड उत्पादन भइरहेको हुन्छ। त्यो एसिडले हामीले खाएको खाना पचाउने काम गर्छ। तर हामीले केही खाएनौं भने त्यसले शरीरको भित्री छालालाई खान थाल्छ र घाउ बनाउँछ यसले ग्याष्ट्राइटिस, अल्सर, कलेजोको संक्रमण लगायतका पेटसम्बन्धी समस्या देखा पर्छन्।

एक दिन टन्न खाने अर्को दिन भोकै बस्नु स्वास्थ्यका लागि एकदमै हानिकारक हुने उनले बताए। लामो समयको अन्तरालमा अन्न नखानु, फलफूल मात्रै खानु या पानी लगायत तरल पदार्थ खाएर बस्नु स्वास्थ्यका लागि लाभदायी भए पनि निराहार बस्न नहुने पोषणविद् बताउँछन्।

महिनामा एक पटक वा हप्तामा एक दिन व्रत बस्नेहरु तीजमा निराहार व्रत बस्दा उनीहरुलाई सहज हुन्छ। तर अन्य समयमा कहिल्यै पनि व्रत नबसेर वर्षमा एक पटक तीजमा पानी पनि नखाएर व्रत बस्दा शरीरमा पानीको कमी भएर डिहाइड्रेशन हुने, चक्कर लाग्ने, टाउको दुख्ने, न्यून रक्तचाप भएर बेहोस समेत हुने सम्भावना रहेको पोषणविद् नानीशोभा शाक्यको भनाइ छ।
उनका अनुसार पानी, ताजा फलफूल, दहीलायतका खानेकुरा खाएर व्रत बस्नुपर्छ।

कस्ता व्यक्ति व्रत नबस्ने ?
मधुमेह, उच्च रक्तचाप, हाइपरटेन्सन लगायत दीर्घरोग भएकाले सकेसम्म व्रत नबस्नु उचित हुन्छ। यदि बसिहाले पनि सही समयमा औषधी, फलफूल तथा पानी प्रशस्त मात्रामा खानुपर्ने पोषणविद् बताउँछन्।

त्यस्तै भर्खरै अपरेशन गरेका बिरामी, रगतको कमी भएमा अथवा रगत सम्बन्धी समस्या देखिएमा, मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पीडित, विशेष गरी गर्भवतीले व्रत बस्नु हुँदैन। यस्तो अवस्थामा व्रत बस्दा गर्भमा रहेको शिशुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ।

शारीरिक रुपले कमजोर र गम्भीर रोग लागेका व्यक्ति, स्तनपान गराइरहेका आमालाई व्रत नबस्न उनीहरुले सुझाएका छन्। साथै व्रत बसेको दिन धेरै परिश्रम नगर्न र व्रत बस्दा रिङ्गटा लागेमा एक गिलास ग्लुकोज वा सर्वत पिउनु राम्रो हुन्छ। शरीरमा ग्लुकोजको मात्रा कम हुँदा रिङ्गटा लाग्छ।

व्रत सकिएपछि के खाने ?
दिनभरको व्रत सकिएपछि बेलुका अन्न खान नहुने धार्मिक मान्यता छ। तर, फलफूल र झोलयुक्त पदार्थ खान धार्मिक छुट छ। त्यसैले दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खानेकुरा जस्तै फलफूल केरा, स्याउ, नासपातीलगायत खान सकिन्छ। दूध वा दूधबाट बनेका परिकार दूध, दही, लस्सी र फलाहारी खाना – साबूदाना खिचडी, आलुको तरकारी, खीर, बदाम, काजु, किसमिस आदि थोरै मात्रामा खान सकिन्छ।

व्रतपछि शरीरमा पानीको कमी हुन सक्ने भएकाले पानी पिउनु एकदमै महत्त्वपूर्ण मानिन्छ। लामो व्रतपछि एकै पटक अत्यधिक मसलेदार, तेलयुक्त खाना, चिसो पेय पदार्थ तुरुन्त धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस समेत हुनसक्ने भएकाले सादा खाना खान पोषणविद्को सुझाव छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १० : ४४ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ