सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला « Khabarhub

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु किसानका माग पूरा गर्न सरकारसँग माग गरेका छन्।उनले मंगलबार सामाजिक सञ्जालमार्फत् उखु किसानका माग पूरा गर्न सरकारसँग माग गरेका हुन्।

‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?,’ प्रश्न गर्दै कोइरालाले लेखेका छन्, ‘उखुको बोटसहित किसान सडक आन्दोलनमा आउँनु अत्यन्त दुःखद स्थिति हो।उनीहरुको माग तुरुन्त पूरा गरौँ ।’

खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने र कहिले अनुदान कटौती गरिने कामले खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने कोइरालाको भनाइ छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ११ : ३७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका