मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन् : प्रदेश प्रमुख मियाँ « Khabarhub

मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन् : प्रदेश प्रमुख मियाँ


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका निम्ति तीजलगायत पर्वहरू महत्वपूर्णरहेको बताएका छन् ।

तीजका अवसरमा सन्देश जारी गर्दै उनले मुलुकका मौलिक संस्कृति र परम्पराको निरन्तरताका निम्ति चाडपर्व महत्व अधिक रहेको बताए ।

प्रदेश प्रमुख मियाँले भनेका छन्, “यस पर्वले महिलाको सम्मान वृद्धिसँगै पारिवारिक प्रेम, स्नेह र आत्मीयता अभिवृद्धि गर्दै आएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा परापूर्वकालदेखि मनाइँदै आएको पर्व तीज हो । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र सौभाग्यको शुभकामना छ ।”

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : १३ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्