भियतनाममा टाइफुन काजिकीका कारण तीन जनाको मृत्यु « Khabarhub

भियतनाममा टाइफुन काजिकीका कारण तीन जनाको मृत्यु


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हनोई- भियतनाममा टाइफुन काजिकीका कारण मङ्गलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उखेलिएका रूख र बिजुलीका तारले अराजकता ल्याउँदा उद्धारकर्मीको ज्यान गएको छ । राजधानी हनोईसहित धेरै क्षेत्रमा भीषण बाढी र आँधीले दैनिक जीवन अस्तव्यस्त बनाएको छ ।

सोमबार मध्य भियतनाममा आएको आँधीले १३० किमी प्रतिघण्टा (८० माइल प्रतिघण्टा) को वेगमा चलेको हावाले हजारौँ घरका छत उडाएको छ भने र १६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन् ।

मङ्गलबारसम्म तीन जनाको मृत्यु र १३ जना घाइते भएको पुष्टि भएको छ । अधिकारीहरूले आठ प्रान्तमा आकस्मिक बाढी र भूस्खलनको चेतावनी जारी गरेका छन् ।

भिन्हमा सैनिक र उद्धारकर्मीहरूले काट्ने उपकरण प्रयोग गरी सडक अवरुद्ध गर्ने दर्जनौँ रूख र छतका प्यानल हटाइरहेका थिए । “एउटा भवनको आठौँ तलाबाट ठूलो स्टिलको छत उडेर सडकमा खस्यो, भाग्यवश कसैलाई चोट लागेन”, ६५ वर्षीय ट्रान भ्यान हङले भने ।

भियतनाम बर्सेनि टाइफुनको मारमा पर्छ, तर जलवायु परिवर्तनका कारण यी आँधीबेहरी अझै तीव्र र अप्रत्याशित बन्दै गएका छन् । यसले उष्णकटिबन्धीय क्षेत्रमा बाढी र विनाशकारी आँधीबेहरीको सम्भावना बढाएको विज्ञहरूले चेतावनी दिएका छन् ।

भिन्हकी ६० वर्षीया गुयेन थी होआले भनिन्, “हामीलाई वर्षा र बाढीको बानी परिसकेको छ तर हिजो जस्तो तीव्र हावा र त्यसको विनाशकारी प्रभाव पहिले कहिल्यै अनुभव गरेको थिइनँ ।”

बाढीका कारण भित्री पहाडी क्षेत्रका २७ गाउँ अलगिएका छन् भने ४४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

राजधानी हनोईमा भारी वर्षाले सडक डुबाउँदा बिहानैदेखि यातायात पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । “आज बिहान पैदल हिँड्नै असम्भव थियो, घरअगाडिको आँगनसमेत बाढीले भरिएको छ”, ४४ वर्षीया न्गुयेन थु लानले भनिन् ।

अर्का बासिन्दा ट्रान लु फुकले भने, “म एक घण्टाभन्दा बढी सडकमा फसेँ । कालो पानीमा गाडीहरू अड्किएर ठूलो लगजाम भयो । ट्राफिक र बाढी दुवै डरलाग्दो थियो ।”

प्रहार गरेपछि कमजोर बनेको काजिकी पश्चिमतर्फ लाओस पस्दा त्यहाँ पनि तीव्र वर्षा ल्यायो । लाओस–चीन रेलमार्गले सोमबार र मङ्गलबार सबै सेवा रोकेको छ भने केही सडक विच्छेद भएका छन् तर मृत्युको समाचार आएको छैन ।

कृषि मन्त्रालयका अनुसार यस वर्षको पहिलो सात महिनामै प्राकृतिक प्रकोपले भियतनाममा एक सयभन्दा बढी मानिस मारिएका वा हराएका छन् ।

गत सेप्टेम्बरमा आएको टाइफुन यागीले भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मामा सात सयभन्दा बढी मानिसको ज्यान लिएको र अर्बौं डलरको क्षति गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ४४ बजे

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक