पूर्वराष्ट्रपतिले भनिन्- सहकारीको समस्या समाधान गर्न छाडेर अनावश्यक राजनीति भयो, रविप्रति सद्‍भाव छ « Khabarhub

पूर्वराष्ट्रपतिले भनिन्- सहकारीको समस्या समाधान गर्न छाडेर अनावश्यक राजनीति भयो, रविप्रति सद्‍भाव छ


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे चासो व्यक्त गरेकी छन् ।

मंगलबार बिहान रास्वपा प्रवक्ता मनिष झासँग भंगालमा भएको डेढ घण्टा लामो भेटवार्ताका क्रममा उनले सहकारीको समस्या समाधानको साटो रविको मुद्दालाई राजनीतिकरण गरिनु अनुचित भएको बताएकी हुन् ।

रास्वपा प्रवक्ता झाले रवि प्रकरणलाई अनावश्यक राजनीतिकरण गरिएकोप्रति पूर्वाराष्ट्रपतिबाट चासो व्यक्त भएको जानकारी दिए ।

‘सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएकोप्रति उहाँले सरोकार राख्नुभयो’, झाले पूर्वराष्ट्रपतिसँगको भेटपछि भनेका छन्, ‘पूर्वराष्ट्रपतिज्यूले सभापति रवि लामिछानेप्रति सद्भाव रहेको पनि बताउनु भयो।’

झाले यो भेटलाई एउटा राजनीतिक शिष्टाचारको अभ्यास भनेका छन् । ‘राजनीतिक शिष्टाचारस्वरुप यो भेटघाट भएको हो’, उनले भने, ‘कुनै विशेष एजेन्डाभन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूप उहाँसँग भेटघाट भएको हो ।’

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ५२ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका