ठगीको अभियोगमा दुई जना पक्राउ « Khabarhub

ठगीको अभियोगमा दुई जना पक्राउ


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।

पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट रु १२ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट रु ६ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठामाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौँ महानगरपालिका–९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौँ महानगरपालिका–१० बाट सोमबार पक्राउ गरेको हो ।

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ५२ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती