उखु किसानसँगै पलेँटी कसे नारायणकाजीले (तस्बिरहरू) | Khabarhub Khabarhub

उखु किसानसँगै पलेँटी कसे नारायणकाजीले (तस्बिरहरू)


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलित उखु किसानलाई साथ दिन माइतीघर मण्डल पुगेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनी उखु किसानको आन्दोलनलाई साथ र समर्थन गर्दै सहभागी भएका हुन् । उनी माइतीघर मण्डलमा पुगेर उखु किसानसँगै पलेँटी कसेर धर्नामा सहभागी भए । उनीसहित माओवादीका केही सांसद पनि उखु किसानलाई साथ दिन पुगेका थिए ।

उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै माओवादी वरिष्ठ उपाध्यक्ष यथाशीघ्र माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उखु किसानले भुक्तानीका लागि पटक पटक संघर्ष गर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने उनले बताए । श्रेष्ठले उखुको वक्यौता अनुदान रकम प्रतिक्वीन्टल ७० का दरले भुक्तानी प्रक्रिया सुरू गर्नुपर्ने र न्यूनतम मूल्यसमेत बढाउनुपर्ने उनले बताए ।

उखु किसानको आन्दोलनलाई सफल पार्न माओवादीको सम्पूर्ण साथ र समर्थन रहने उनले बचन दिए ।

उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगाएतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरू काठमाडौँ आएका छन् । उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रतिक्विन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

आइतबारदेखि उखुसहित माइतीघर मण्डलमा धर्ना बसेका उनीहरूले मंगलबार पनि आन्दोलन जारी राखेका छन् ।

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड बोकेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : २२ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा