उखु किसानसँगै पलेँटी कसे नारायणकाजीले (तस्बिरहरू) « Khabarhub

उखु किसानसँगै पलेँटी कसे नारायणकाजीले (तस्बिरहरू)


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलित उखु किसानलाई साथ दिन माइतीघर मण्डल पुगेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनी उखु किसानको आन्दोलनलाई साथ र समर्थन गर्दै सहभागी भएका हुन् । उनी माइतीघर मण्डलमा पुगेर उखु किसानसँगै पलेँटी कसेर धर्नामा सहभागी भए । उनीसहित माओवादीका केही सांसद पनि उखु किसानलाई साथ दिन पुगेका थिए ।

उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै माओवादी वरिष्ठ उपाध्यक्ष यथाशीघ्र माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उखु किसानले भुक्तानीका लागि पटक पटक संघर्ष गर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने उनले बताए । श्रेष्ठले उखुको वक्यौता अनुदान रकम प्रतिक्वीन्टल ७० का दरले भुक्तानी प्रक्रिया सुरू गर्नुपर्ने र न्यूनतम मूल्यसमेत बढाउनुपर्ने उनले बताए ।

उखु किसानको आन्दोलनलाई सफल पार्न माओवादीको सम्पूर्ण साथ र समर्थन रहने उनले बचन दिए ।

उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगाएतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरू काठमाडौँ आएका छन् । उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रतिक्विन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

आइतबारदेखि उखुसहित माइतीघर मण्डलमा धर्ना बसेका उनीहरूले मंगलबार पनि आन्दोलन जारी राखेका छन् ।

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड बोकेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : २२ बजे

प्रतिनिधिसभा : ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी