ललितपुरमा अनलाइन जुवा : भाडाको कोठामा बसेका युवकबाट ९१ लाख रुपैयाँ बरामद | Khabarhub Khabarhub

ललितपुरमा अनलाइन जुवा : भाडाको कोठामा बसेका युवकबाट ९१ लाख रुपैयाँ बरामद


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एकजना युवक प्रकाउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले अनलाइन जुवा (सट्टावाजी) र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा ती युवकलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ शान्तिकुना मार्गस्थित कोठाबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले सिन्धुली कमलामाई नगरपालिका–२, पिपलभन्ज्याङ घर भएका २६ वर्षीय गौरव स्याङतानलाई सोमबार साँझ पक्राउ गरेको हो।

प्रहरीले खानतलासी गर्दा उनको कोठाबाट नेपाली रुपैयाँ ९१ लाख ५० हजार, नोट गन्ने मेसिन, तौल गर्ने तराजु, ११ थान मोबाइल, एक थान ल्यापटप, एक थान आइप्याड, आठ थान बैंकका एटीएम कार्ड, पकेट वाइफाइ र ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखिएको बोर्ड बरामद गरेको छ।

त्यसैगरी, कोठामा लुकाएको अवस्थामा गाँजा १ किलो ५०० ग्राम पनि प्रहरीले बरामद गरेको छ। बरामद सबै सामान र पक्राउ परेका स्याङतानलाई अनुसन्धान लागि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

बरामद सामान र नगद

१. नेपाली रुपैयाँ ९१ लाख ५० हजार रुपैयाँ ।
२. नोट (पैसा) गन्ने एक थान मेसिन ।
३. तौल गर्ने तराजु एक थान ।
४. गाँजा जस्तो देखिने एक केजी ५ सय ग्राम लागुऔषध ।
५. विभिन्न कम्पनीका मोबाइल सेटहरू २१ थान ।
६. आईप्याड एक थान ।
७. ल्याप्टप एक थान ।
८. गौरव स्याङ्तान नाम उल्लेख भएको आठ थान एटीएम कार्ड ।
९. ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखेको एक थान बोर्ड ।
१०. टिसम फोरजी प्लस एलटीई मोबाइल वाईफाई हटस्पट पकेट राउटर एक थान ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ३६ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन