काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराएकी छन् ।
नेपाली कांग्रेसले सभापतिमा उठाउने निर्णय गरेपछि संसदीय सुनुवाइ समितिबाट राजीनामा दिएलगत्तै उनले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन् ।
उनको प्रस्तावक समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा छन् भने समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।
समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो ।

प्रतिक्रिया