एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

आगामी भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कमिटीको दशौँ बैठक स्थगित गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले खबरहबलाई बताए ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अब विधान महाधिवेशनको अघिल्लो दिन भदौ १९ गते बस्न सक्ने गौतमले बताए ।

‘देशभरबाट विधान संशोधनसम्बन्धी सुझावसहितका प्रस्ताव धमाधम आइरहेका छन्’, गौतमले भने, ‘ती सुझावहरूलाई एकमुष्ट संकलन गरेर केन्द्रीय कमिटीमा लैजान समय लाग्ने देखियो । त्यहीकारण बैठक स्थगित गरिएको हो ।’

अब यो बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली चीनबाट फर्किएपछि मात्रै बस्नेछ । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जाँदैछन् । सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा हुँदैछ ।

उक्त सम्मेलनमा भाग लिएर ओली भदौ १८ गते काठमाडौंमा उत्रिनेछन् । त्यसपछि भदौ १९ गते केन्द्रीय कमिटीको दशौँ बैठक बस्ने जानकारी गौतमले दिएका छन् ।

तर गौतमले विधान महाधिवेशन तलमाथि नहुने बताए । ‘विधान महाधिवेशनको मिति तलमाथि हुँदैन । भदौ २० गते गोदावरीमा महाधिवेशनको उद्घाटन हुनेछ’, उनले भने, ‘विधान महाधिवेशनका लागि हामी तयारीमै छौँ । प्रधानमन्त्रीको व्यस्ताबीच महाधिवेशन नसार्ने गरी काम भइरहेको छ।’

त्यस बैठकमा दोस्रो विधान महाधिवेशनको तयारी हुनेछ । बैठकमा महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने गौतमले जानकारी दिए ।

विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ । उक्त छलफलपछि पारित गरिएका प्रस्ताव भदौ २० देखि २२ सम्म हुने भनिएको दोस्रो विधान महाधिवेशनमा पेश गर्ने तयारी छ। यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।

एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको थियो । तर त्यो समयभित्र सबै सुझाव नआएपछि केन्द्रीय कमिटी बैठक पनि पर धकेलिएको हो।

दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जना सहभागी हुनेछन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ४ : ३० बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका