यस्तो छ सूर्यविनायक-धुलिखेल सडकको अवस्था (तस्बिरहरू)  | Khabarhub Khabarhub

यस्तो छ सूर्यविनायक-धुलिखेल सडकको अवस्था (तस्बिरहरू) 


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले सुस्त गतिमा चल्दा दशैंको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो, हिलो झेल्नु परेको छ ।

भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य वि.सं. २०७९ पुस २४ बाट सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरिए पनि हाल सम्म सडक विस्तार कार्य सम्पन्न हुन सकेको छैन ।

सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।

यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ। अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०-२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ। यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ। 

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ। उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ। 

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गरेको थियो र सोही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए।

संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौं आवतजावत गर्दै आएका छन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १० : ४४ बजे

पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भदौ २३–२४ गतेको

मन्त्री घिसिङसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम्

जाँचबुझ आयोगद्वारा क्षतिको विवरण मगाउने निर्णय

काठमाडौं- पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३

पाँचवटा धाराको व्याख्यासहित टीकाराम भट्टराईको टिप्पणी : संविधानमा ग्रहण लागिसक्यो, मिचिने खतरा बढ्यो

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले गत भदौ २३–२४ गते जेन–जी युवाहरूले

सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२