‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’ « Khabarhub

‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन भएको बताएका छन् ।

शुक्रबार नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अर्यालले उच्च राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू खोलेर कारबाही अघि बढाउने पनि बताए ।

‘सबै फाइलको ब्रेक थ्रू हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए, त्यो हुँदैन अब’, उनले भने, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो, सुशासनबिना शान्ति सुरक्षा हुन सकिँदैन ।’

मन्त्री अर्यालले केही राजनीतिक कनेक्सनका आधारमा सुशासनमा अवरोध आएको बताए । राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएको अवरोध हटाउनसमेत निर्देशन दिइसकिएको उनले बताए ।

कतिपय अपराध अनुसन्धान, भ्रष्टाचारलगायत विषयवस्तुमा अवरोध आएको बताउँदै उनले त्यो अवरोध हटाउन निर्देशन दिइएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : १८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष