आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो « Khabarhub

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मन्थली– यहाँस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।  

चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा एक जिल्ला स्तरीय चिकित्सालयसहित विभिन्न नागरिक आरोग्य सेवा केन्द्र गरी कूल छ वटा सेवा कार्यालय सञ्चालनमा छन् । 

चालु आर्थिक वर्षमा दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकामा पनि एक-एकवटा नागरिक आरोग्य सेवा केन्द्र थपिने चरणमा छन ।  क्रमशः सबै सेवा केन्द्रमा विगतका तुलनामा सेवाग्राहीको सङ्ख्या वृद्धि भएको उनले बताए। 

 चिकित्सालय र आरोग्य केन्द्रमार्फत उपचारात्मक सेवा अन्तर्गत नियमित स्वास्थ्य परीक्षण, पूर्वकर्म सेवा, अकुपञ्चर, फिजियो थेरापी, शिरोधारा, योग, प्रयोगशाला सेवा अन्तर्गत रगत, दिसापिसाब, परीक्षण, विशेषज्ञ सेवा अन्तर्गत पाइल्स र फिस्टुलाको लागि निःशुल्क शल्यक्रिया गरिने भएकाले बिरामीको आकर्षण बढ्दै गएको हो । 

अधिकांश सेवा निःशुल्कसहित प्रभावकारी भएकाले यसप्रति आकर्षण बढेको मन्थली नगरपालिका–२ का स्थानीय कुङ्गलाल तामाङले बताए। 

उनले भने, ‘मैले कहीवर्ष अघि आमालाई काठमाडौँका अस्पतालमा लगेर उपचार गर्दा धेरै पैसा खर्च भए पनि निको भएन, तर यहाँ कम खर्चमा राम्रो उपचार भएकाले यहीँ आएर उपचार गर्ने गरेको छु ।’

मन्थली अस्पतालको भवनबाट सेवा दिन थालिएपछि सेवाग्राहीको सङ्ख्या वृद्धि भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिरेले बताए। उनका अनुसार भाडाको भवनबाट दैनिक ५० जनाको सङ्ख्यामा मुस्किलले सेवा दिने गरेकामा हाल दैनिक एक सय भन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् । 

अन्य स्वास्थ्य सेवा जस्तै यसलाई पनि प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने हो भने रोग लाग्नै नदिने खालका प्रवर्द्धनात्मक सेवा अझ बढी प्रभावकारी हुने स्थानीय बद्रीप्रसाद घिमिरे बताउँछन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : ५६ बजे

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको