सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी « Khabarhub

सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी गरेको छ । 

प्राधिकरणले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड शुक्रबार नै जारी गरिएको जनाएको हो । 

सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भई लन्च गर्ने तयारी भइरहेको र २०८२ असोज महिनाभित्रै दर्ता प्रक्रिया थालनी गरिने प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिए । 

अभिलेखीकरण भएपछि विद्युतीय प्रणालीमार्फत नै सञ्चालन इजाजत पत्र जारी गरिने उनले बताए । प्राधिकरणबाट इजाजत प्राप्त भएपछि सहकारी संस्थाले प्रत्येक वर्षको श्रावण मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको शर्माले जानकारी दिए । 

त्यस्तै प्राधिकरणले सहकारी संस्थाहरूको नियमाकीय परीक्षण गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग समझदारी गरेको छ । सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग सहकार्य गरिएको अध्यक्ष शर्माले बताए  ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : ४८ बजे

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय