उपचारको आशामै बित्यो धनबहादुरको एक दशक « Khabarhub

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त कतै घामले तातिएको कालोपत्र । सोही सडक हुँदै आवतजावत गर्नेले एक दशकयता घिस्रिरहेका एक व्यक्ति देख्ने गर्छन् । यसरी घस्रिएर जीवन धानिरहेका महाकाली नगरपालिका–४ का ५९ वर्षीय धनबहादुर क्षेत्री हुन् ।

हेर्दा उनको अवस्था जति नाजुक देखिन्छ त्यो भन्दा कैयौँ गुना पीडा बोकेर उनी एक दशकदेखि शरीर घिसार्दै जीवन धानिरहेका छन् । अचानक खुट्टा र कम्मरले काम गर्न छाडेपछि उनका शरीर पाङ्ग्रा फुत्किएको गाडीझैँ भयो । समयमै उपचार गर्न उनीसँग पैसा थिएन । छोराछोरी सानै थिए । विगत सम्झिँदै उनले भने, ‘एकाएक कम्मरले काम गर्न छोड्यो । अहिले घर बाहिर भित्र गर्नै गाह्रो छ । अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन ।’

विसं २०७१ सालदेखि उनमा अपाङ्गताको समस्या सुरु भएको हो । कम्मरदेखि सुरु भएको समस्या बल्झिँदै गएपछि उनको खुट्टाले काम गर्न छाडे । ‘त्यतिखेर पैसा भएको भए म उपचारका लागि अस्पताल जान्थेँ होला । उपचार गरेको भए  मेरो शरीर चल्थ्यो होला,’ गहभरी आँसु पार्दै उनले भने । 

अब त उमेरले डाँडो काट्न लाग्यो । यसवर्षको बर्खायामदेखि त बाहिर निस्कन पनि नसक्ने भएका छन्  । समस्या झनै जटिल बन्दै गएपछि उनलाई बाहिर निकाल्नै समस्या हुन थालेको उनकी श्रीमती मीना क्षेत्रीले बताइन् । ‘कहीँ गएर हामीलाई सहयोग दिनुहोस् भन्न पनि सकेनौँ । श्रीमान्को यो अवस्था देखेर सहयोग गर्ने कोही भएनन्’, उनले भनिन्,’खुट्टाले नटेके पनि हात राम्रा थिए । तर तीन चार वर्षयता हातले पनि काम गर्न छाडे ।’

परिवार चलाउने बल्ल तल्ल एक छोरीले सहयोग गर्न थालेको उनको भनाइ छ । छोरीले अहिले ब्यूटिपार्लर सिकेर सहयोग गर्न सक्ने भएकी छन् । धनबहादूर पूर्ण रूपमा श्रीमती मीनाको सहारामा मात्र बाहिर भित्र गर्न सक्ने अवस्थामा छन् ।  

उनले अपाङ्गता भत्ताबापत मासिक रु तीन हजार प्राप्त गर्नुहुन्छ । महाकाली नगरपालिकाले ह्वीलचियर प्रदान गरेको छ । थप सहयोगका लागि नजिकै सरकारी कार्यालय छैनन्  । 

राम्रो अस्पतालमा एकपटक पुर्‍याउन सके उमेरले डाँडो काटे पनि अझै अहिलेभन्दा अथवा हुने थियो कि भन्ने क्षेत्री दम्पतीको आशा छ । तर सहयोगी मन र राज्यको ध्यानबिना त्यो आशा पूरा होला कि नहोला भन्ने पीरले दिनरात उनीहरूलाई पिरोलिरहन्छ । रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : २९ बजे

विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन

गण्डकी – नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै