आज २०८२ साल कात्तिक ९ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक ९ गते आइतबारको राशिफल


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आम्दानीका स्रोत बढ्नेछन्। राजनीतिमा पहुँच विस्तार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासमा सफल बन्नुहुनेछ। परिवारसँगको सम्बन्धबाट फाइदा हुने योग छ।

वृष : दिन सामान्य छ। आफूले आफ्नै मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ। भौतिकता भन्दा धर्मकर्ममा सक्रिय हुनु आवश्यक हुन्छ। दक्षिणको एकल यात्रा नगर्नु उचित हुन्छ। सहकर्मीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ।

मिथुन : दिन राम्रो छ। तपाईंसँग धेरै मानिस आकर्षित हुनेछन्। स्वदेशमा विकल्प देखेर मनमा शान्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। महत्त्वपूर्ण निर्णय गर्दा फाइदा हुनेछ। समाजमा विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ। गुरुको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

सिंह : दिन राम्रो छ। सानो प्रगतिले मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारबाट आम्दानी बढ्ने दिन छ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या : दिन सामान्य छ। परिवारमा एकपछि अर्को बोझ थपिने छ। शिक्षामा मिहिनेत गरेको भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खर्च बढ्ने भएकाले सचेत भएर काम गर्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।

वृश्चिक : दिन राम्रो छ। काममा उत्साह थपिने छ। शरीरमा फूर्ती बढ्ने योग छ। परिवारसँग रमाइलो भेटघाटको कार्यक्रम तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

धनु : दिन राम्रो छ। भाग्यको उदय हुनेछ। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगति हुने योग छ।

मकर : दिन सामान्य छ। सानो कुराले मनमा खटपटी बढनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत आवश्यक देखिन्छ।

कुम्भ : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने देखिन्छ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। विदेशको तयारीमा भए नाम निस्कने छ। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। कृषि क्षेत्रमा लगानी गर्नु उचित हुन्छ।

मीन : दिन मध्यम छ। सोचेर मात्र बोल्नु उचित हुन्छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। मिहिनेत गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ५ : ४५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा