जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित « Khabarhub

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए ।   

उनका अनुसार पछिल्लो पटक शनिबार बाघको आक्रमणमा परी राप्तीसोनारी–९ गुरुवागाउँ नमूनाटोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु भएपछि बाँके राष्ट्रिय निकुञ्ज र स्थानीयबीचको द्वन्द्व बढ्दै गएको छ ।

शुक्रबार दिउँसो घाँस काट्न गएका खत्री साँझसम्म पनि घर नफर्केपछि प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजतलास गर्दा शनिबार बिहान जङ्गली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो । 

स्थानीयको सुरक्षामा निकुञ्ज प्रशासनले बेवास्ता गरेको आरोप लगाइएको छ । उनीहरूले शनिबार घटनास्थलमा खटिएका निकुञ्जका रेञ्जर जयहरि धिताल र समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मी डिल्ली शाहीमाथि हातपातसमेत गरेका छन् । 

बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्ल नजिक नजान अनुरोध गरिएको निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

उनले मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै वन्यजन्तुबाट मृतक तथा घाइतेलाई कानुन बमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने बताए ।

निकुञ्ज वरिपरिका क्षेत्रमा पटक–पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए । 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १२ : ३२ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण