बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागमती– लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ । 

प्रदेशका उपसभामुख अप्सरा चापागाईँका अनुसार छठ पर्व लगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताइन्  । 

राजनीतिक दलका नेताहरूसँग परामर्श भइरहेको र उनीसँगको परामर्श पश्चात् प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईँको भनाइ छ । 

सम्भवतः कात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताइन्  । प्रदेशसभाको सभाहल जेन-जी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालिएको छ ।

तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो । जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । 

‘अहिले सो भवनलाई मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ’, सचिव पौडेलले भने, ‘सो सभाहलमा रङ्ग लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम पनि तीव्र रूपमा भइरहेको छ ।’ सम्भवतः छिट्टै काम सकिने र त्यसपछि बैठकमा बस्ने तयारी भइरहेको उनको भनाइ छ । 

हाल सो सभाहलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङगरोगनको काम अघि बढाएको छ । 

बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताए। आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्युटरबाट काम सुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : ०५ बजे

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

काठमाडौं- अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

काठमाडौं– प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

काठमाडौं– अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ

खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालयको बैठक लाइभ गर्ने (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका

वीरगन्जका बजारमा छठ पर्वको तयारी, सर्वसाधारणको भिडभाड (तस्बिरहरू)

काठमाडौं– विशेष गरी मधेशका हिन्दुहरूको महान् पर्व छठ दोस्रो दिन