पर्सामा छठ घाट सजाइयो « Khabarhub

पर्सामा छठ घाट सजाइयो


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– छठ पर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित शृङ्गारिने काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज महानगरसहित पर्साका विभिन्न छठघाटमा सरसफाइ गरेर चिटिक्क पार्ने काम गरिएको छ ।

मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, नगवा पोखरी, छपकैयाँ पोखरी रानीघाटसहितका जिल्लाका विभिन्न छठ घाट तथा नदीतटमा कलात्मक रङ्गीचङ्गी डिजाइन, झलरबत्तीसहित सरसफाइ र सजाउने काम अन्तिम चरणमा पुगेको छ । आफ्नो टोलछिमेकमा रहेका पोखरी तथा तलाउलाई यहाँका स्थानीयले स्वतस्र्फूत रुपमा खर्च गरेर सजाउने काम गरेका छन् । 

छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेशकुमार साह कानुले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘हामीले जनआस्थाको पर्व छठपर्वलाई लक्षित गरेर घडीअर्वा पोखरीलाई शृङ्गार गरेर चिटिक्क पारेका छौँ’, उनले भने, ‘घडीअर्वा पोखरीको छठ पर्वमा गरिने झलरसहितका बत्ती र सजावट हेर्नका लागि छिमेकीमूलुक भारतको विहार राज्यका तथा नेपालका पनि काठमाडौँ, चितवन, मकवानपुरलगायतका स्थानबाट पर्यटक आउने गर्नुहुन्छ ।’ समितिले यस वर्ष करिब २५ लाख रुपैयाँ खर्चेर छठपर्वलाई भव्य र सभ्य ढङ्गले अघि बढाउने प्रयास गरेको छ ।

अध्यक्ष कानुले घडीअर्वाको छठपर्वमा मात्रै एक लाखभन्दा बढी दर्शनार्थीले हेर्ने बताए । तराई–मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन् । 

यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठ पर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । 

वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाइँदै आइएको छ । ‘छठ पूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो’, उनले भने, ‘वीरगञ्जको घडीअर्वा पोखरीमा छठपूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो, पण्डालमा जति धेरै आकर्षण ल्याउन सकिन्छ ।’
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : ०६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको