किवी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, वार्षिक छ लाख आम्दानी « Khabarhub

किवी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, वार्षिक छ लाख आम्दानी


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यति बेला व्यावसायिक रूपमा किवी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । 

परम्परागत रूपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उनले बारीमा किवीका बोट लगाएका देख्न सकिन्छ । उनले किवी खेतीबाट मात्रै वार्षिक छ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएको बताए । 

सत्यवती गाउँपालिका–८ मा वडा सदस्य समेत रहेका थापाले विगत ११ वर्षअघि व्यावसायिक रूपमा किवी खेती गर्न सुरु गरेका हुन् । उनले हाल आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी छ वटा किवीका जात लगाएका छन् । 

जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष किवी र बिरुवा गरी छ लाख रुपैयाँ आम्दानी गरेका थिए । अहिले गत वर्षको तुलनामा अझै राम्रो हुने अपेक्षा गरिएको थापाले बताए ।

किवीले खेती गरेको तीन वर्षबाटै उत्पादन दिन थालेपछि थापालाई किवी खेती गर्ने उत्प्रेरणा जागेको हो  । उनको बारीमा एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किवी फल्ने गरेको छ । बारीमा अहिले १५० वटा किवीका बोट छन् । 

सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि आठ लाख रुपैयाँ खर्चेर व्यावसायिक रूपमा किवी खेती गर्न सुरु गरेका हुन् ।

‘त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएको कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु’, उनले भने । किवीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए । 

‘वर्षमा दुई पटक हाँगाहरू काँटछाँट गर्नुपर्छ, गोठेमल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ’, थापाले भने । 

उत्पादित किवी बजारमा २०० रुपैयाँदेखि ३०० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । भार्सेको किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गर्दछ । उनले किवीलाई प्रशोधन गरेर गत वर्षदेखि किवीको वाइन बनाउन सुरु गरेका छन् ।

बजारमा किवीको वाइनको राम्रो माग भएको थापाले बताए । किवी बिक्री गर्न बजारको खासै समस्या नभएको थापाको भनाइ छ । 

उनले पाँच वर्षदेखि किवीको नर्सरीसमेत गर्दै आएका छन् । उनको नर्सरीमा यति बेला आठ हजार किवीका नयाँ बिरुवा छन् । एउटा बिरुवालाई रु १५० देखि २०० सम्म पर्ने गर्दछ ।

सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किवीको पकेटक्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । 

किवी खेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए ।

किवीका अन्य जातमध्येमा गोल्डेन र रेड किवी सबैभन्दा राम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किवीको भन्दा एक सय रुपैयाँ बढी पर्दछ । 

यस पटक गोल्डेन किवीले राम्रो मूल्य पाएको छ । भार्सेमा पाँच वटा किवी समूह रहेका छन् । उक्त समूहमा हाल ८० जना कृषक आबद्ध छन् । 

त्यहाँका कृषकको घरमा दशदेखि एक सय ५० बोटसम्म किवीका बोट छन् । उक्त क्षेत्रमा अहिले ४० हेक्टर क्षेत्रफलमा किवी उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : २३ बजे

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी