देशका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा « Khabarhub

देशका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका कलाकार नगेन सिंह ठकुरीको नेपाल कला यात्रा पुस्तक बजारमा आएको छ । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान स्वरूप ७७ जिल्लाका १०१ गन्तव्यलाई कलाका रूपमा पुस्तकमा प्रकाशन गरिएको हो । 

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि ७७ वटै जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गरिएको कलाकार सिंहले जानकारी दिए ।

यस पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा वितरण गरिने उहाँको भनाइ छ । देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुगी तत्तत् ठाउँका कलालाई उतारेका सिंहको यो अभियान २०६७ साल कात्तिक ६ गते बुद्ध जन्मस्थल लुम्बिनीबाट घोषणा गरिएको थियो । 

‘अभियान घोषणासँगै २०७१ जेठ ३० गते ताप्लेजुुङको पाथीभरा देवी मन्दिरबाट देशका ७७ वटै जिल्लामा कलायात्रा सुरु गर्‍यौं’, उनले भने । सिंहको कलायात्रा पुस्तकको पहिलो कलाका रूपमा पानी रङमा पाथीभरा देवीको मन्दिर समेटिएको छ ।

कलायात्रा पुस्तकमा पाँचथरको स्वीजरल्याण्ड गाउँ, बाग्लुुङको गाईघाट झरना, भक्तपुरको नगरकोट, चितवनको बीस हजारी ताल, धनुषाको जनकपुरधाम विवाह मण्डप, धनकुटाको भेडेटार र कृषि अनुसन्धान केन्द्र पाख्रीबासलाई कलाका रूपमा समेटिएका छन् । अधिकांश कला पानी रंगका साथै एक्लेरिक रङमा कोरिएका छन् ।

पुस्तकमा गुल्मीको मुसीकोट दरबार र रेसुङ्गा, दोलखाको कुरी गाउँ, झापाको कन्काइ आर्यघाट, धनुषकोठी धाम र जामुनखाडी सिमसार, कपिलवस्तुको तिलौराकोट ‘पूर्वी ढोका’ कास्कीको ल्वाङ भिलेज होमस्टे, फेवा ताल, बेगनास ताल, सहिदचोक, चिसापानी रोयल ट्रयाक र तनहुँको ढोरबाराहीलाई समेटिएको छ । रासस

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : ४९ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो