अनेक काण्ड बाहिरिएपछि खगेन्द्रको शपथ रोकिन सक्ने, छलफल गर्दै प्रधानमन्त्री « Khabarhub

अनेक काण्ड बाहिरिएपछि खगेन्द्रको शपथ रोकिन सक्ने, छलफल गर्दै प्रधानमन्त्री


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दलित अधिकारकर्मी एवम् अभियन्ता खगेन्द्र सुनारबारे एकपछि अर्को गम्भीर विवाद र काण्ड बाहिरिन थालेपछि उनीबारे प्रधानमन्त्री सुशीला कार्की पुनर्विचार गर्ने तहमा पुगेकी छन् ।

सुनार विभिन्न काण्डमा फरार अभियुक्त रहेको समाचार बाहिरिएसँगै प्रधानमन्त्री कार्कीले पुनर्विचार गर्न छलफल थालेकी छन् ।

प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार उनी गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाल लगायतसँग अहिले छलफलमा छिन् ।

प्रधानमन्त्री स्रोतले भन्यो, ‘सायद उहाँको पदभार ग्रहण आज हुँदैन होला, प्रधानमन्त्रीज्यू पुनर्विचार गर्ने योजनामा हुनुहुन्छ । अहिले मन्त्रीहरूसँग छलफल गरिरहनु भएको छ।’

यता जेन-जी प्रतिनिधिहरूले पनि सुनारलाई मन्त्री नबनाउन आग्रह गर्दै प्रधानमन्त्री कार्कीलाई फोन गरेका थिए।

स्रोतका अनुसार उनको ठाउँमा अन्य व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी दिबारे छलफल जारी छ । यस विषयमा पुनर्विचार गरेर केही दिनमा मन्त्री बनाउने विकल्पमा पनि प्रधानमन्त्री छलफलमा छिन्।

गम्भीर प्रश्न उठेपछि अन्य मन्त्रीहरूको शपथ ग्रहण भएपनि सुनारलाई रोक्ने तयारी प्रधानमन्त्रीको कार्यालयले गरेको छ। सुनारलाई प्रधानमन्त्री कार्कीले श्रम मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी थिइन्।

नवनियुक्त चार मन्त्रीहरूको शपथ आइतबार दिउँसो साढे २ बजे गर्ने तयारी थियो । तर सुनारको विवाद छताछुल्ल भएपछि त्यसमा पनि अलमल भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको सपथ साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा गराउने तयारी छ ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी थिइन् । तर सुनारको नाम अब काटिने करिब पक्का भएको छ

भदौ २७ गते प्रधानमन्त्री भएकी कार्कीको क्याबिनेटमा यसअघि सात सदस्यीय मन्त्रिपरिषद् छ । कार्कीले डा. सुधा शर्मालाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउने तयारी गरेकी थिइन् । यसअघि श्रेष्ठलाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ०६ बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन संयोजक प्रचण्डसमक्ष आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

सिंहदरबार छिर्न नपाएपछि जेन-जी समूहले हुलाकमार्फत प्रधानमन्त्रीलाई पठाए मागपत्र

काठमाडौं– जेन-जी संयुक्त समूहले दिल्लीबजारस्थित हुलाक कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

चितवन– राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुगमन

कुलमानदेखि मिराजसम्म गालीगलौजमा, विज्ञको सुझाव– प्रश्न गर्न नछाडौं

काठमाडौं- पार्टी चलाउन विचार, उद्देश्य र वस्तुपरक योजना चाहिन्छ ।

सुरेन्द्र पाण्डे भन्छन् – केही व्यक्तिका कारण एमाले जनताबाट टाढियो, नयाँ पुस्ताले चासो दिनै छाडे 

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केही व्यक्तिको निर्णयमा