अनेक काण्ड बाहिरिएपछि खगेन्द्रको शपथ रोकिन सक्ने, छलफल गर्दै प्रधानमन्त्री « Khabarhub

अनेक काण्ड बाहिरिएपछि खगेन्द्रको शपथ रोकिन सक्ने, छलफल गर्दै प्रधानमन्त्री


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दलित अधिकारकर्मी एवम् अभियन्ता खगेन्द्र सुनारबारे एकपछि अर्को गम्भीर विवाद र काण्ड बाहिरिन थालेपछि उनीबारे प्रधानमन्त्री सुशीला कार्की पुनर्विचार गर्ने तहमा पुगेकी छन् ।

सुनार विभिन्न काण्डमा फरार अभियुक्त रहेको समाचार बाहिरिएसँगै प्रधानमन्त्री कार्कीले पुनर्विचार गर्न छलफल थालेकी छन् ।

प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार उनी गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाल लगायतसँग अहिले छलफलमा छिन् ।

प्रधानमन्त्री स्रोतले भन्यो, ‘सायद उहाँको पदभार ग्रहण आज हुँदैन होला, प्रधानमन्त्रीज्यू पुनर्विचार गर्ने योजनामा हुनुहुन्छ । अहिले मन्त्रीहरूसँग छलफल गरिरहनु भएको छ।’

यता जेन-जी प्रतिनिधिहरूले पनि सुनारलाई मन्त्री नबनाउन आग्रह गर्दै प्रधानमन्त्री कार्कीलाई फोन गरेका थिए।

स्रोतका अनुसार उनको ठाउँमा अन्य व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी दिबारे छलफल जारी छ । यस विषयमा पुनर्विचार गरेर केही दिनमा मन्त्री बनाउने विकल्पमा पनि प्रधानमन्त्री छलफलमा छिन्।

गम्भीर प्रश्न उठेपछि अन्य मन्त्रीहरूको शपथ ग्रहण भएपनि सुनारलाई रोक्ने तयारी प्रधानमन्त्रीको कार्यालयले गरेको छ। सुनारलाई प्रधानमन्त्री कार्कीले श्रम मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी थिइन्।

नवनियुक्त चार मन्त्रीहरूको शपथ आइतबार दिउँसो साढे २ बजे गर्ने तयारी थियो । तर सुनारको विवाद छताछुल्ल भएपछि त्यसमा पनि अलमल भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको सपथ साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा गराउने तयारी छ ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी थिइन् । तर सुनारको नाम अब काटिने करिब पक्का भएको छ

भदौ २७ गते प्रधानमन्त्री भएकी कार्कीको क्याबिनेटमा यसअघि सात सदस्यीय मन्त्रिपरिषद् छ । कार्कीले डा. सुधा शर्मालाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउने तयारी गरेकी थिइन् । यसअघि श्रेष्ठलाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ०६ बजे

दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव

दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ ।

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक,

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका