छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक « Khabarhub

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धरान– तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरूले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् । 

सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भने, ‘छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ । तीन/चार दिनमा तीन लाख रुपैयाँ भन्दा बढीको कारोबार हुन्छ ।’ उनले पहाड र भारतका विभिन्न स्थानबाट सामान ल्याई छठमा बिक्री गर्दै आएका छन् । 

‘सहरमा चोयाका सामग्री बनाउने कम भइसकेका छन्, भोजपुर, धनकुटालगायतका पहाडी भेग र भारतबाट सामान ल्याएर बिक्री गर्नुपर्ने अवस्था छ’, उनले भने । 

व्यापारी अमृता रौनियाका अनुसार छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री अनिवार्य जस्तै मानिन्छन् । बाँसको हस्तकला संरक्षणसँगै स्थानीय रोजगारीमा पनि सहयोग पुगेको उनको भनाइ छ । उनले भने, ‘छठ पर्व हामीजस्ता व्यापारीका लागि पनि अवसर हो, बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड हुन्छ, मैले भारतबाट सामान ल्याएर झुम्का, इनरुवा, इटहरीलगायतका बजारमा बिक्री गर्छु ।’

ग्राहक लक्ष्मी खड्काले भने आफू छठका लागि चोयाको सामग्री किन्न बजार आएको बताइन् । ‘छठमा विशेषगरी कोनिया र ढाकी चाहिन्छ, त्यसैमा फलफूल राखेर पूजा गर्ने चलन छ’, उनले भनिन् । 

छठ पर्वले नेपाली समाजमा केबल धार्मिक आस्था र सूर्य उपासनालाई मात्र बलियो बनाएको छैन । यसले बाँसको परम्परागत पेसा र हस्तकला संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । 

व्यापारीले पर्वका अवसरमा राम्रो आम्दानी गर्दै आएका छन् भने स्थानीय र बाह्य स्रोतबाट आयातित सामग्रीले उपभोक्ताको विविध माग पूरा गरिरहेको व्यवसायी बताउँछन् । रासस
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : २३ बजे

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी