क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा | Khabarhub Khabarhub

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरूको क्रमिक रुपमा सरसफाइ भइरहेको छ । परिसरका जलेका रुखहरूले पनि पालुवा हाल्न थालेसँगै सिंहदरबारको वातावरण क्रमशः सामान्यीकरण हुँदै गएको छ । 

आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडका कारण बिद्रुप बनेको सिंहदरबारमा विकास मन्त्रालय मातहतको सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयले सरसफाइपछि अहिले उक्त दिनको घटनाले झस्काउने खालको अवस्थाबाट क्रमशः सहज अवस्थामा उन्मुख भएको देखिएको छ । 

नेपाल सरकारको २०७५ पुस १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट बुटिक सिंहदरबारमा रूपमा रूपान्तरित सिंहदरबार परिसरमा भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि त्यहाँ सरसफाइको क्रम जारी छ । 

सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले आगलागी र तोडफोडबाट भएका क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट माग गरिएको र अहिलेसम्म प्राप्त नभएको भने । उनले क्षतिको विवरण आएपछि पुनः निर्माणलगायतका विषयमा सरकारले निर्णय गर्ने जानकारी दिए ।

आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश संरचना र पार्किङमा रहेका सवारीसाधनमा एकैसाथ आगलागी भएको थियो । आगलागीबाट कार्यालय परिसरका रुख बिरुवामा डढ्न पुगेकामा अहिले क्रमशः पालुवा पलाउन थालेको देखिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले सिंहदरबारभित्र कति रुख बिरुवा छन् भन्ने यकिन नभए पनि आगलागीबाट प्रभावित रुखबिरुवा र भुईँको फोहर सरसफाइको क्रम लगभग सकिएको बताए ।

आन्दोलनका क्रममा सिंहदरबारमा रहेका सरकारी र निजी गरी एक हजारभन्दा सवारीसाधन जलेका थिए । ती सवारी साधनलाई नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र (सङ्घीय संसद् भवन) मा लगेर राखिएको छ । यद्यपि, त्यो भवनमा पनि आन्दोलनबाट पूर्णतः ध्वस्त भएको छ । 

सिंहदरबारस्थित सङ्घीय निर्माणाधीन संसद् भवनमा शनिबार सहरी विकासमन्त्री कुलमान घिसिङले निरीक्षण गरी आसपासमा देखिएको फोहरलाई थप सरसफाइ गर्न निर्देशन दिएका थिए । सवारीसाधन थलेका भुईँमा अहिले पनि काला दाग देख्न सकिन्छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पालले छापेर राखिएको छ । 

सरकारले आन्दोलनका क्रममा भएका भौतिक क्षतिको विवरण सङ्कलन गर्दैछ भने आन्दोलनमा भएका जनधनको क्षतिको छानबिनका लागि गठित जाँचबुझ आयोगले कार्यारम्भ गरिसकेको छ ।

पुरातात्विक महत्व राख्ने सिंहदरबारलाई हरियाली बनाउने र पुरातात्विक महत्वका सामग्रीले सजिसजाउ गर्ने सरकारको २०७६ सालदेखिको पहलको एउटा चक्र पूरा भएका बेला आन्दोलन र आगलागीबाट क्षति पुगेपछि सिंहदरबारकोस्वरुप विरुप हुन पुगेको छ । 

सरकारले आगलागी भएका मन्त्रालयका भवनको बाहिरी स्वरूपमा रङरोगन गरिरहेको छ भने अस्थायीरुपमा विभिन्न मन्त्रालयका काम नजलेका भवनबाट सञ्चालन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृह मन्त्रालयको पुरानो भवनस्थलको नयाँ कार्यालयबाट सञ्चालन भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगैको भवनबाट गृह मन्त्रालय सञ्चालित छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलस्थित भवनबाट सञ्चालित छ ।

नेपालको कूल क्षेत्रफलको करिब ४६ दशमलव ८ प्रतिशत भूभाग वन जङ्लले ढाकेको छ ।  वन मन्त्रालयले हरित विकासको अवधारणाअनुरुप मानवीय क्रियाकलाप र विकास प्रकियालाई वातावरणमैत्री बनाउदै जलवायु परिवर्तनको प्रतिकूल असरसँग अनुकूलित हुने दायित्व सिर्जना गरी मुलुकको समष्टिगत दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्दै वातावरण संरक्षण गर्न पहल गर्दै आएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय थालिएको थियो । 

 विसं २०३० मा सिंहदरबारमा भएको ठूलो आगलागीबाट पनि त्यहाँ क्षति पुगेको थियो ।सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । यसको भित्ताहरूमा सिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए । रासस

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ४ : १२ बजे

नेपालीलाई भारत पुर्याएर मिर्गौला बेच्ने ६ जना जेल चलान

काठमाडौँ– नेपालीलाई प्रलोभनमा पारी भारत पुर्याएर मिर्गाैला बेच्ने गरेको आरोप

छठका लागि बेहुली झैँ सिँगारियो घडिअर्वा पोखरी (तस्बिरहरू)

वीरगन्ज – वीरगन्जको घडिअर्वा पोखरी छठका लागि बेहुली झै सिंगारिएको

सोमबार किन भारत जाँदैछन् कुलमान ?

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र

५ एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीको ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमाथि १४ गते सुनुवाइ हुने

काठमाडौं – राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको