स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा « Khabarhub

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् । 

आइतबार राष्ट्रपतिसँग शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हालेपछि उनले पहिलो निर्णयको रूपमा मनोसामाजिक परामर्श उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

‘जेन-जी आन्दोलनका घाइतेलगायत आन्दोलनबाट प्रभावित व्यक्तिको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेँ,’ मन्त्री शर्माले भनिन्, ‘यसको डिटेल विज्ञबाट वर्कआउट हुन्छ ।’

स्वास्थ्य मन्त्रालयको सचिव भइसकेकी शर्माले प्रधानमन्त्री सुशीला कार्की सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकी हुन् ।

मन्त्री शर्माले आइतबार नै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छिन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ४ : ४४ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि