विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने « Khabarhub

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी जिल्लास्थित सबै माध्यमिक विद्यालयमा पूर्वाधार निर्माण र आइसिटी (सूचना प्रविधि) पहुँच विस्तारको कार्यक्रम सुरु हुने बताएका छन् ।

धनकुटाको सहिद भूमि गाउँपालिकामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षभित्र यो कार्यक्रम पूरा गर्नेगरी योजना अघि बढाइएको जानकारी दिए । सो अवसरमा उनले फाउन्डेसनले सहिद भूमि–६ मा निर्माण गरेको ठाकुरदेवी माविको भवन उद्घाटन गरे । ९२ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

मुख्यमन्त्री कार्कीले शिक्षा क्षेत्र सुधारका लागि प्रदेश सरकारले ठोस कदम चालेको उल्लेख गर्दै भने, ‘यो केवल भवन निर्माण मात्र होइन, ज्ञान र प्रविधिको आधार तयार पार्ने अभियान हो ।’

सिपी फाउन्डेसनका अनुसार ठाकुरदेवी विद्यालय निर्माणपछि सहिद भूमि गाउँपालिकाभित्रका सबै विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधारयुक्त विद्यालय बनाइनेछ । 

फाउन्डेसनका संस्थापक सिपी खेतानले विभिन्न दातृ संस्थाको सहकार्यमा कोशी प्रदेशका हिमाली तीन र पहाडी आठ जिल्लाका करिब ५०० विद्यालयमा पूर्वाधार तथा आइसिटी निर्माण गरिने जानकारी दिए । उक्त परियोजना करिब रु १५ अर्बको लगानीमा अघि बढाइएको हो ।

सो अवसरमा सहिद भूमि गाउँपालिका र सिपी फाउन्डेसनले गाउँपालिकालाई ‘नमूना पालिका’ बनाउने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीअनुसार पालिकामा करिब रु दुई अर्बदेखि रु तीन अर्ब लगानी हुने र सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, लघु उद्यमशीलता तथा सडक कालोपत्र गरिने छ । 

सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पछाडि परेको सहिद भूमि पालिकालाई ‘नमूना पालिका’का रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ६ : ४५ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने