जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट « Khabarhub

जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन पेस भएको छ ।

आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर अधिवक्ता विपिन ढकालले आज दायर गर्नुभएको रिट निवेदनमा आयोगका पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नभएको उल्लेख गरिएको छ ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आयोगविरुद्ध रिट निवेदन पेस भएको र अध्ययनका क्रममा रहेको जानकारी दिए ।

सरकारले ‘जेनजी’ प्रदर्शनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ८ : २८ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको