छठ पर्वलाई भव्य र सुरक्षित बनाउन काठमाडौं महानगरको विशेष तयारी « Khabarhub

छठ पर्वलाई भव्य र सुरक्षित बनाउन काठमाडौं महानगरको विशेष तयारी


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूर्य उपासनाको पर्व छठलाई भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन विशेष तयारी गरेको छ ।

महानगरले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि घाट, पोखरी, दह तथा नदी किनारहरूमा सरसफाइ, व्यवस्थापन र सजावटलाई प्राथमिकताका साथ अघि बढाउँदै तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको हो।

महानगरले छठका लागि उपासना गरिने स्थानहरूमा जेट–मेसिन प्रयोग गरी पानीले पखाल्ने, डेसिबल मेसिन र ब्रुमरमार्फत सरसफाइ गरेको थियो । सरसफाइ अभियानमा ३५० भन्दा बढी सरसफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरिएको छ। यस क्रममा जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी तयारी गरिएको महानगरले जनाएको छ।

भक्तजनलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन पोखरी, ताल र नदी किनार सफाइसँगै उज्यालोको व्यवस्थापन, यात्रु मार्ग, सुरक्षा र शौचालय सुविधामा पनि ध्यान दिइएको छ। उपासनास्थल वरिपरि सफा, स्वच्छ र धार्मिक वातावरण निर्माणलाई महानगरले प्राथमिकता दिएको छ।

यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४) , बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४) र रामघाट (वडा २०), बालाजु २२ धारा (वडा १६) गरी ९ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको छ। यी स्थानहरूमा सजावट र स्वच्छता कायम गर्ने कार्य सम्पन्न भएको छ ।

आवागमन व्यवस्थापनका लागि महानगरले तोकिएका स्थानमा मात्र सवारी पार्किङ गर्न, ‘पिक एण्ड ड्रप’ प्रणाली अपनाउन भक्तजनलाई आग्रह गरेको छ। पूजाअर्चनामा सहभागी भइरहँदा सहजता, भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायहरू सतर्क रहने महानगरले जनाएको छ।

सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको छठलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीक मानिन्छ। आमाको ममता, परिवारको समर्पण र समाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गरिने धार्मिक विश्वास रहेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : २५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको