सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन « Khabarhub

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिरहा – सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए ।

नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उहाँको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो ।

साह स्थानीय तहको पहिलो निर्वाचन (२०७४ साल) र दोस्रो निर्वाचन (२०७९ साल) मा वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष साहका श्रीमती र दुई छोरी छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : ३२ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको