पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु « Khabarhub

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत र चीन अहिले पनि रणनीतिक प्रतिद्वन्द्वी हुन्। यी दुई देशबीच एसियामा प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन्। तर, सन् २०२० मा हिमालयन सीमामा भएको हिंसात्मक झडपपछि बिग्रिएको सम्बन्धमा विस्तारै नरमी आएको छ।

यसैअन्तर्गत आइतबारदेखि दुवै देशबीच सिधा विमान सेवाहरू सुरु भएका छन्। भारत सरकारले उडानहरूको पुनर्स्थापनाले मानिसहरूका बीचको सम्पर्क बढाउने र द्विपक्षीय आदानप्रदानको सामान्यीकरण गर्नमा मद्दत गर्ने बताएको छ।

चीनसँगको सम्बन्धमा यो न्यानोपन यस्तो समयमा आएको छ जब भारतका प्रमुख व्यापारिक साझेदार अमेरिकासँगको सम्बन्धका कारण तनावमा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतमाथि ५० प्रतिशत दण्डात्मक ट्यारिफ लगाउने आदेश दिएका थिए। ट्रम्पका सहयोगीहरूले भारतमाथि रूसबाट तेल किनेर युक्रेनमा चलिरहेको युद्धलाई बढावा दिएको आरोप लगाएका छन्।

भारतको कमर्सियल एयरलाइन इन्डिगोले आइतबार राति १० बजे कोलकाताबाट चीनको सहर ग्वाङ्झाउका लागि पहिलो दैनिक उडान सुरु गर्नेछ। भारत र हङकङबीच पहिलेदेखि नियमित उडानहरू चलिरहेका छन्। यसबाहेक, राजधानी नयाँ दिल्लीबाट सांघाई र ग्वाङ्झाउका लागि सिधा सेवाहरू नोभेम्बरमा सुरु गरिने बताइएको छ।

भारतीय चेम्बर अफ कमर्स, कोलकाताका अध्यक्ष राजीव सिंहले एएफपीलाई भने, ‘सिधा हवाई सम्पर्कले लजिस्टिक्स र ट्रान्जिट समयलाई कम गर्नेछ। यसबाट व्यापारीहरूलाई धेरै फाइदा हुनेछ।’

भारतको पूर्वी बन्दरगाह सहर कोलकाताको चीनसँग ऐतिहासिक सम्बन्ध ब्रिटिस शासनकालदेखि नै रहेको छ, जब चिनियाँ व्यापारीहरू यहाँ आएर बसेका थिए। यी आप्रवासीहरूको उपस्थितिले सहरको संस्कृति र खानपानमा गहिरो छाप छोडेको छ। आज पनि इन्डो–चाइनीज भोजन कोलकाताको पहिचानको एक अभिन्न हिस्सा हो।

कोलकाताको टांगरा इलाकास्थित चाइनाटाउन समुदायका नेता चेन खोय कुईले भने, ‘हामी जस्ता मानिसहरूका लागि यो धेरै राम्रो खबर हो, जसका नातेदारहरू चीनमा बस्छन्। हवाई सम्पर्कले व्यापार, पर्यटन र व्यावसायिक यात्रालाई बढावा दिनेछ।’

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : ४७ बजे

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म

भारतीय प्रधानमन्त्री मोदीको जीवन कथामा आधारित ‘माँ वन्दे’ छायाङ्कनमा : मुख्य भूमिकामा उन्नी मुकुन्दन

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित चलचित्र ‘माँ

जङ्गल छेउका घरबारविहीन परिवारको सङ्घर्ष

घोडाघोडी– कैलालीको चुरे गाउँपालिका–४ बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका