बार्सिलोनाविरुद्ध पहिलो हाफमा रियल म्याड्रिडको अग्रता « Khabarhub

बार्सिलोनाविरुद्ध पहिलो हाफमा रियल म्याड्रिडको अग्रता


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनको चर्चित ‘एल क्लासिको’मा रियल म्याड्रिडले पहिलो हाफ सकिँदासम्म बार्सिलोनामाथि २–१ को अग्रता बनाएको छ। स्यान्टियागो बेर्नाबेउमा जारी खेलमा दुई टिमबीचको प्रतिस्पर्धा सुरुदेखि नै रोमाञ्चक बनेको छ।

खेलको २२औं मिनेटमा रियलका स्टार फरवार्ड केलियन एम्बाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि बार्सिलोनाले खेलमा फर्कने प्रयासलाई सफल बनाउँदै ३८औं मिनेटमा फर्मिन लोपेजले बराबरी गोल फर्काए। तर पहिलो हाफको अन्त्यतिर ४३औं मिनेटमा जुड बेलिङ्घमले आकर्षक गोल गर्दै रियल म्याड्रिडलाई पुनः अग्रता दिलाए।

यसअघि, दुबै टिम लिगको शीर्ष स्थानका लागि प्रतिस्पर्धामा रहेका छन्। रियल म्याड्रिड २४ अंकसहित लिगको शीर्ष स्थानमा छ भने बार्सिलोनासँग २२ अंक छ। पछिल्ला केही सिजनमा बार्सिलोनाले एल क्लासिकोमा राम्रो प्रदर्शन गरे पनि आजको खेलमा रियलले सुरुवाती हाफमै प्रभाव जमाएको छ।

टोलीहरूबीचको यस ऐतिहासिक भिडन्तमा चोटका कारण दुवैतर्फका केही प्रमुख खेलाडी अनुपस्थित छन्। बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्की, गाभी र टेर स्टेगन खेल्न सकेका छैनन् भने रियल म्याड्रिडका डाभिड अलाबा र एन्तोनियो रुडिगर घाइते सूचीमा छन्।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : ०९ बजे

एनपिएल प्लेअफ समीकरण पूरा : सनसनीपूर्ण जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा, विराटनगर बाहिरियो

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

 काठमाडौँ– दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा अहिले लुम्बिनी