हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति « Khabarhub

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले आपत्ति जनाएको छ।

केन्द्रले होटलको उक्त कदमलाई श्रमिक विरोधी, एकपक्षीय र नियोजित रुपमा रोजगारी सिर्जना गर्ने कदम भएको ठहर गर्दै आपत्ति जनाएको हो।

होटल हायात प्रशासनले भाद्र २३ र २४ गतेको ‘जेनजी आन्दोलन’को क्रममा भएको क्षति तथा सुरक्षा अवस्थालाई कारण देखाउँदै अनिश्चितकालका लागि बन्द गर्ने गरी कात्तिक २ गते सूचना जारी गरेको थियो।

जेटीयूसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा होटल प्रशासनले सरोकारवालाहरुसँग छलफल नगरी सम्पूर्ण श्रमिकलाई कार्यस्थलमा उपस्थित नहुन निर्देशन दिएको विषय नेपालको प्रचलित श्रम कानून विपरीत भएको उल्लेख छ।

प्रतिष्ठानमा भएको क्षतिको यथार्थ विवरण, वर्तमान अवस्था र मर्मत–सम्भारमा लाग्ने समयबारे सरकारी निकायको अनुसन्धान र छानवीनपछि मात्र निर्णय गर्नुपर्नेमा सुनियोजित रुपमा ट्रेड युनियनहरुसँगको छलफलविना बन्द गर्ने निर्णय ’अव्यवहारिक, अवैधानिक र गैरकानूनी’ भएको जेटीयूसीसीको ठहर छ।

जेटीयूसीसीका अध्यक्ष जगत बहादुर सिम्खडाले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय छवि बोकेको संस्थाबाट श्रमिक विरोधी निर्णय आउनु दुःखद र निन्दनीय रहेको बताइएको छ। यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिलो पार्ने, लगानी सुरक्षामा प्रश्न उठाउने र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ।

जेटीयूसीसीले होटल हयात प्रशासनलाई तत्काल आफ्नो निर्णय फिर्ता लिएर होटेल सञ्चालनमा ल्याउन तथा सबै श्रमिकको रोजगारी सुरक्षित गर्न हार्दिक आग्रह गरेको छ।

होटल प्रशासनले श्रमिक विरोधी निर्णय यथावत राखेमा कोरोना कालदेखि हालसम्म भएका मजदुर विरोधी हर्कतहरूको प्रतिफल स्वरूप श्रमिकहरू ‘कडा संघर्षमा उत्रन बाध्य हुने’ र त्यसबाट उत्पन्न हुने जुनसुकै परिणामका लागि होटेल प्रशासन स्वयं जिम्मेवार हुने जेटीयूसीसीले चेतावनी दिएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ११ : २७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील