लिभर ट्रान्सप्लान्टेसन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सम्पन्न « Khabarhub

लिभर ट्रान्सप्लान्टेसन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सम्पन्न


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सम्पन्न भएको छ । यो सम्मेलन नोभेम्बर २० देखि २३ सम्म नयाँ दिल्लीको एअरसिटीस्थित होटल पुलम्यानमा आयोजना गरिएको थियो ।

 लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नवनिर्वाचित अध्यक्ष डा.अभिदिप चौधरीको विशेष निमन्त्रणामा नेपालसहित विभिन्न देशका विशेषज्ञहरू दिल्लीमा सहभागी भएका छन् । उक्त सम्मेलनमा नेपालबाट डा. दिलिप शर्मा, डा. एकानन्द सिंह, डा. सागर पौडेल, डा. रामबाबु साह, डा. सञ्जय यादव ,पुकार चन्द्र श्रेष्ठ, डा. पुकार थापा ,डा. कर्ण राजवंशी लगायतका सहभागी भएका थिए ।

लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नव निर्वाचित अध्यक्ष डा. अभिदिप उनले भने, यहाँ प्रत्येक सफल प्रत्यारोपण कडा प्रोटोकल, पारदर्शी डोनर मूल्यांकन प्रणाली र बहुविषयका चिकित्सक टोलीको निरन्तर प्रतिबद्धताको परिणाम हो ।

भारतलाई विशेष बनाउने कुरा केवल प्रत्यारोपणको संख्या होइन, प्रक्रियालाई मार्गदर्शन गर्ने हाम्रो मूल्य र अनुशासन हो । उनले प्रत्यारोपण सेवा विस्तारमा नैतिकता र मानव–केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

डा। चौधरीका अनुसार भारतमा कलेजो प्रत्यारोपण सेवा तीव्र रूपमा विकसित हुँदै गएको छ । नियमित अनुसन्धान, उच्चस्तरीय तालिम, र चिकित्सकबीचको सहकार्यका कारण प्रत्यारोपणको सफलता दर विश्वकै उत्कृष्टमा गणना हुन्छ ।

 उनले थपे, हामीले विकास गरेको संरचना केवल प्राविधिक उपलब्धिभन्दा धेरै माथि छ । दानकर्ताको सम्मान, पारदर्शिता, र उपचार प्रक्रियामा परिवारहरूको सक्रिय सहभागिता नै हाम्रो प्रणालीको बलियो आधार हो ।

अन्त्यमा डा। चौधरीले भारत दक्षिण एसियामा प्रत्यारोपण सेवाको नेतृत्व गर्दै आएको र नेपालजस्ता छिमेकी मुलुकहरूलाई प्राविधिक सहयोग, विशेषज्ञ तालिम र अनुभव साझेदारीमार्फत अझ सुदृढ बनाउन तत्पर रहेको बताए । उनका अनुसार क्षेत्रीय सहकार्यले कलेजो प्रत्यारोपण सेवालाई अझ सुरक्षित, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : ०५ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा