एलजी नेपालको नयाँ एलजी एआई टीभी शृङ्खला सार्वजनिक « Khabarhub

एलजी नेपालको नयाँ एलजी एआई टीभी शृङ्खला सार्वजनिक


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एलजी नेपालले नेपालमा नयाँ पुस्ताको एलजी एआई टीभी शृङ्खला सार्वजनिक गरेको छ। 

‘अफेक्सोनेट इन्टेलिजेन्स’अवधारणामा आधारित यी टिभीहरू एलजीको अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन–२ द्वारा संचालित छन्, जसले प्रयोगकर्ताको रुचि, हेर्ने बानी र घरको वातावरण बुझेर चित्र र ध्वनि गुणस्तर स्वतः अनुकूलन गर्छ।

कम्पनीका अनुसार नयाँ एलजी एआई टीभीले वास्तविक समयमा प्रयोगकर्ताको व्यवहार सिकेर व्यक्तिगत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। AI Chatbot, AI Concierge, AI Picture Wizard, AI Sound Wizard, AI Search र AI Voice ID जस्ता फिचरहरूले टिभीलाई अझ स्मार्ट र उपयोगकर्ता–मैत्री बनाएका छन्।

एलजी एआई टीभी  नेपालमा एलजी OLED evo AI, LG QNED AI, LG NanoCell AI र LG UHD AI गरी चार प्रिमियम सिरिजमा उपलब्ध हुनेछन्। सबै मोडेलहरू विभिन्न साइज र मूल्यमा उपलब्ध छन्, जसले सबै प्रकारका नेपाली परिवारलाई लक्षित गर्छन्।

मार्केटिङ तथा ब्राण्ड प्रमुख मुकेश कुमार बैठाका अनुसार, नयाँ AI TV ले नेपालको मनोरञ्जन प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्नेछ। ‘यो प्रविधि प्रयोगकर्तालाई बुझेर उनीहरूको जीवनशैलीसँगै विकसित हुने उद्देश्यले डिजाइन गरिएको हो,’ उनले बताएका छन्।

नयाँ एलजी एआई टीभी  शृङ्खला नेपालभरका आधिकारिक एलजी शोरूम र रिटेल पार्टनरमार्फत उपलब्ध छ। इच्छुक ग्राहकहरू नजिकको शोरूममा गएर प्रत्यक्ष डेमो र AI फिचरहरूको अनुभव लिन सक्नेछन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : २४ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार