एलजी नेपालको नयाँ एलजी एआई टीभी शृङ्खला सार्वजनिक « Khabarhub

एलजी नेपालको नयाँ एलजी एआई टीभी शृङ्खला सार्वजनिक


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एलजी नेपालले नेपालमा नयाँ पुस्ताको एलजी एआई टीभी शृङ्खला सार्वजनिक गरेको छ। 

‘अफेक्सोनेट इन्टेलिजेन्स’अवधारणामा आधारित यी टिभीहरू एलजीको अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन–२ द्वारा संचालित छन्, जसले प्रयोगकर्ताको रुचि, हेर्ने बानी र घरको वातावरण बुझेर चित्र र ध्वनि गुणस्तर स्वतः अनुकूलन गर्छ।

कम्पनीका अनुसार नयाँ एलजी एआई टीभीले वास्तविक समयमा प्रयोगकर्ताको व्यवहार सिकेर व्यक्तिगत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। AI Chatbot, AI Concierge, AI Picture Wizard, AI Sound Wizard, AI Search र AI Voice ID जस्ता फिचरहरूले टिभीलाई अझ स्मार्ट र उपयोगकर्ता–मैत्री बनाएका छन्।

एलजी एआई टीभी  नेपालमा एलजी OLED evo AI, LG QNED AI, LG NanoCell AI र LG UHD AI गरी चार प्रिमियम सिरिजमा उपलब्ध हुनेछन्। सबै मोडेलहरू विभिन्न साइज र मूल्यमा उपलब्ध छन्, जसले सबै प्रकारका नेपाली परिवारलाई लक्षित गर्छन्।

मार्केटिङ तथा ब्राण्ड प्रमुख मुकेश कुमार बैठाका अनुसार, नयाँ AI TV ले नेपालको मनोरञ्जन प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्नेछ। ‘यो प्रविधि प्रयोगकर्तालाई बुझेर उनीहरूको जीवनशैलीसँगै विकसित हुने उद्देश्यले डिजाइन गरिएको हो,’ उनले बताएका छन्।

नयाँ एलजी एआई टीभी  शृङ्खला नेपालभरका आधिकारिक एलजी शोरूम र रिटेल पार्टनरमार्फत उपलब्ध छ। इच्छुक ग्राहकहरू नजिकको शोरूममा गएर प्रत्यक्ष डेमो र AI फिचरहरूको अनुभव लिन सक्नेछन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : २४ बजे

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई

काठमाडौं – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय