कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो « Khabarhub

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी कार्यालय भोजपुरमा सेवाग्राहीको चाप बढेको छ ।

करिब चार महिनादेखि रोकिएको कित्ताकाट प्रक्रिया कात्तिक २७ गतेदेखि खुल्नेबित्तिकै व्यक्तिगत जग्गा किनबेच, घर नक्सा पास, धितो राख्ने तथा अन्य कानुनी प्रक्रियाका लागि सेवा लिन आउनेको भीड बढेको कार्यालयले जनाएको छ ।

नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीका अनुसार, सरकारले विसं २०८३ असार मसान्तसम्मलाई लक्षित गरी अस्थायी रूपमा कित्ताकाट खुलाएपछि सर्वसाधारणले लामो समयदेखि रोकिएको आफ्नो काम अघि बढाउन थालेका छन् ।

‘कित्ताकाट रोकिएको अवस्थामा धेरै सेवाग्राहीको काम भएको थिएन’, उनले भने, ‘अहिले सेवा खुलेसँगै दैनिक सेवाग्राहीको चाप बढेको छ । सेवाग्राहीले कित्ताकाटको सेवा लिन अवसर पाएका छन् । कित्ताकाट नहुँदा सेवाग्राहीको उपस्थिति न्यून थियो ।’

भोजपुरको नापी कार्यालयबाट सातवटा स्थानीय तहले नियमित रूपमा सेवा लिने गरेका छन् । उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले दिङ्लास्थित मालपोत कार्यालयको शाखाबाट सेवा लिँदै आएका छन् ।

कार्यालयका अनुसार, जिल्लाका नौ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले मात्रै भूमिको वर्गीकरणसम्बन्धी काम पूरा गरिसकेको छ । बाँकी स्थानीय तहले भने भूमिको वर्गीकरण प्रक्रिया अझै सम्पन्न गर्न सकेका छैनन् । अब सरकारले तोकेको अवधिभित्र, २०८३ असार मसान्तभित्र सबै स्थानीय तहले वर्गीकरण पूरा गरी  सक्नुपर्ने कार्यालयको भनाइ छ ।

भूमिको वर्गीकरण अधुरो हुँदा कित्ताकाट रोकिँदा सर्वसाधारणले व्यक्तिगत जग्गा बेचबिखन, धितो राखेर कर्जा लिने, कित्ताकाट गरेर अंशबन्ड गर्नेलगायतका काममा समस्या भोग्दै आएका थिए । 
 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : ०२ बजे

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक