एमाले महाधिवेशन सचिवालय बैठक : समितिको प्रतिवेदनमाथि छलफल « Khabarhub

एमाले महाधिवेशन सचिवालय बैठक : समितिको प्रतिवेदनमाथि छलफल


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भएको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको आज बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्दर्भमा गरेको प्रतिवेदनमाथि छलफल गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्यायको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न  १४ वटा समिति गठन गरेको थियो ।
 
प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकले भक्तपुरको सल्लाघारीस्थित मैदानमा महाधिवेशन उद्‌घाटन कार्यक्रम गर्ने निर्णय गरेको छ । बन्दसत्र भने भृकुटीमण्डपमा हुने छ । 

यसैगरी दोस्रो विधान महाधिवेशनले तय गरेको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय भएको छ । एमाले महाधिवेशन यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुँदैछ । 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ५३ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर