विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न « Khabarhub

विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा आज यहाँ सम्पन्न भएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।

उक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको आरोप लगाए । उनले भने, “अहिलेको अवस्थामा महाधिवेशनको विकल्प छैन ।”

कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले बीसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने अधिकार नभएको बताए ।

उनले भने, “कसको हो नक्कली हस्ताक्षर ? निकाल्न हामी चुनौती दिन्छौँ । पार्टीका साथीहरूको योगदानका आधारमा पदमा बसेर साथीहरूको आग्रहलाई लल्कार्न पाइँदैन ।”

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् । आजको उक्त सभाका वक्ताहरुले विशेष महाधिवेशनमा जोड दिएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : ४७ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल